२७ पुस २०८१, शनिबार | Sun Jan 12 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


भदौमा अधिकांश वाणिज्य बैंकहरुले बढाए ब्याजदर, कुनको ब्याजदर कति ?



३२ साउन । भदौको लागि वाणिज्य बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । नयाँ प्रकाशित ब्याजदरअनुसार कतिपय बैंकले ब्याजदर घटाएका छन् भने कतिपयले बढाएका छन् । कतिपय बैंकको ब्याजदर भने यसअघिकै यथावत रहेको छ ।

ब्याजदरमा एकरुपता राख्ने भद्र सहमति तोडिएसँगै साउनदेखि वाणिज्य बैंकहरुले ब्याजदर आफूखुसी बढाउने वा घटाउने गरेका थिए । सोहीअनुसार भदौ महिनाका लागि पनि बैंकहरुले ब्याजदर आ–आफ्नो ढंगले तोकेका हुन् ।

साउन महिनाको तुलनामा भदौ महिनाका लागि सिटिजन्स बैंक, सानिमा बैंक, एभरेष्ट बैंक, कुमारी बैंक, ग्लोबल आइमएई बैंक, लक्ष्मी सनराइज बैंक, कृषि विकास बैंक, प्रभु बैंक, सिद्धार्थ बैंक, माछापुच्छ्रे बैंक, राष्ट्रिय वाणिज्य बैंक र नेपाल बैंकले ब्याजदर बढाएका छन् भने एनएमबि बैंक, प्राइम बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक र एनआईसी एशिया बैंकले ब्याजदर घटाएका हुन् ।

यस्तै, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, नबिल बैंक, नेपाल एसबिआई बैंक र हिमालयन बैंकले भने ब्याजदर स्थिर राखेका छन् । नयाँ प्रकाशित ब्याजदर अनुसार बैंकहरुको अधिकतम ब्याजदर १०.८९६ प्रतिशत देखिएको छ । भदौमा एनआईसी एशिया बैंक, कुमारी बैंक, ग्लोबल आइएमई बैंक, सिटिजन्स बैंक, सानिमा बैंक, कृषि विकास बैंक र नेपाल बैंकले संस्थगततर्फ ८.८९६ प्रतिशत र ब्यक्तिगततर्फ १०.८९६ प्रतिशत ब्याजदर तोकेका छन् ।

यस्तै, प्राइम बैंकको संस्थागततर्फ ८.५ प्रतिशत र ब्यक्तिगततर्फ १०.५ प्रतिशत, नबिल बैंकको संस्थागततर्फ ८.४९ प्रतिशत र ब्यक्तिगततर्फ १०.४९ प्रतिशत, लक्ष्मी सनराइज बैंकको संस्थागततर्फ ७.९९ प्रतिशत र ब्यक्तिगततर्फ १०.४ प्रतिशत र प्रभु बैंक र एभरेष्ट बैंकलेले समान संस्थागततर्फ ८ प्रतिशत र व्यक्तिगततर्फ १० प्रतिशत ब्याजदर तोकेका छन् ।

यस्तै, एनएमबि बैंक, नेपाल एसबिआई बैंक, हिमालयन बैंक, सिद्धार्थ बैंक, माछापुच्छ्रे बैंक र राष्ट्रिय वाणिज्य बैंकले संस्थागततर्फ ७.९९ प्रतिशत र ब्यक्तिगततर्फ ९.९९ प्रतिशत ब्याजदर निर्धारण गरेका छन् । तर, स्ट्याण्डर्ड चार्टर्ड बैंकले भने व्यक्तिगततर्फ ६.९२ प्रतिशत र संस्थागततर्फ ८.९२ प्रतिशत ब्याजदर तोकेको छ ।

प्रकाशित मिति : ३२ श्रावण २०८०, बिहिबार  ७ : २७ बजे