ललितखबर
२ भदौं । चलचित्र ‘जुलेवी’ हेरेर कलाकारहरुले सन्तुष्टि व्यक्त गरेका छन् ।
राजधानीमा शुक्रबार आयोजित विशेष शोमा यौनकर्मीको भूमिका निभाएकी अभिनेत्री सुरक्षा पन्तले पात्रलाई न्याय दिने किसिमले चलचित्रमा भूमिका निभाएको बताएकी छिन् ।
चलचित्रमा नाङङगो र टंककिसलगायतका दृश्य रहेको सन्दर्भका अभिनेत्री पन्तले कलाकार खुला हुनु पर्ने र सबैलाई समान दृष्टिकोणले हेर्ने गरेको बताइन् ।
उषा रजक पनि चलचित्रमा वेपत्ता नागरिकको दुःख आफूले अनुभूत गरेको धारणा राखिन् । उनले आफूले वेपत्ताको दुःख नभोगे पनि पात्रमार्फत दुःख बुझेको बताइन् ।
अभिनेता सुशील सिटौलाले निर्देशक गणेशदेव रान्तले राम्रो चलचित्र निर्माण गरेको भन्दै प्रशंशा गरे । उनले आफूले चलचित्र हेर्दा आँशु आएको र आँसु लुकाएर चलचित्र हेरको बताए ।
अभिनेता पुस्कर कार्कीले आफूले चलचित्र अभिनय गर्दा अभिनेत्री रजकको कपडा खोज्न नसकेको प्रसंग सुनाएका थिए ।
निर्देशक आफूले चलचित्र निर्देशन गरेर दर्शकसमक्ष ल्याएको र यसलाई सहज रुपले लिने विश्वास व्यक्त गरे ।
हेर्नुस् भिडियो :
प्रतिक्रिया