१६ कार्तिक २०८१, शुक्रबार | Sat Nov 2 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


चलचित्र ‘जुलेवी’ : दर्शकलाई तीतो स्वाद



३ साउन । पछिल्लो हप्ता चलचित्र जुलेवी प्रर्दशनमा आएको छ ।
इस चलचित्र जुलेवीमा राजधानीको रत्नपार्क वरपर अधिकांश दृष्य खिचिएको छ । अध्यारा गल्ली, शहरका फुटपाथ र रातको दृश्यले चलचित्रले वास्तविक रंग भरेको छ ।
चलचित्रको कथा कमजोर छ । संवादले दर्शकको मन छुने किसिमका संसाद भने सुन्न पाइन्छ । चलचित्रमा मुख्य भूमिका कुनै कलाकारको छैन । कथा सलल बगेको पनि छैन । निर्देशकलाई सबै पात्रको कथा देखाउन नै भ्याइ नभ्याई छ ।
चलचित्रले समस्या देखाएको छ । समाधान दिएको छैन । पात्र र प्रबृत्ति देखाएको छ । मनोरञ्जनको रंग भरेको छैन । चलचित्रमा पछिल्लो पुस्ताले मन पराउने गरेको द्वन्द्व, हास्य र संगीत छैन । जसका कारण चलचित्र हेरिरहँदा नुन नहालेको तरकारीको स्वाद लिइरहेको भान हुन्छ ।
चलचित्रमा कलाकारहरुको अभिनयमा खोट लगाउने ठाँउ छैन । अभिनेत्री सुरक्षा पन्तको बोल्ने शैली, हाउभाउ र लवाई खुवाईले चलचित्रको चरित्र झल्काएको छ । उषा रजकको अर्धबैसे महिला(आइमाई) को भूमिका पनि तारिफ योग्य छ । सुशिल सिटौला,निशा अधिकारी, पुस्कर कार्की र तुफान थापाको अभिनय जीवन्त लाग्छन् ।
चलचित्रमा पात्रहरुको भीड छ । सबैको आ आफ्ना कथा र व्यथा छ । चलचित्र जुलेवीमा धेरै पात्रको दुःख पर्दामा देखाइएको छ । एउटाको कथा अर्कोसँग मिल्दैन वा भनौं सम्बन्ध नै छैन । सबैको समस्या देखाइएको छ । किन देखाइयो चलचित्र हेर्दा बुझ्न कठीन छ ।
चलचित्रमा देखाइएका धेरै दृश्य परिवारसँग बसेर हेर्न सकिदैन । चलचित्रमा मोनिका थापा र तुफान थापाबीचको चुम्बन,पुस्कार कार्की र उषा रजक रहेको दृश्यको न्युड दृश्यले दर्शकलाई असजिलो हुन्छ । जुन कथाले मागेको भन्दा पनि कथामा थोपरिएको जस्तो लाग्छ ।

चलचित्र हेरिरहँदा यहाँ त्यही यौनसँग जोडिएको अनुभव गर्न सकिन्छ । रत्नपार्कमा बसेर यौनधन्दा गर्ने मायाँ पात्र मात्रै होइन । न्युड खिच्न चाहने युवा फोटोग्राफर, लाहुरे बन्न चाहने युवक पात्र र धनी युवती (जो सुख को खोजिमा रहेकी छे) उ समेत कपडा फुकाइरहेको दृश्य छ ।
चलचित्रमा न कथा छ, न बलियो प्रस्तुती । चलचित्र बनाउनुको अभिष्ट यौनका दृश्य राखेर दर्शक तान्न खोजेको भान हुन्छ । निर्देशक गणेशदेव पाण्डेको कथा लेखन र निर्देशकीय क्षमतामा प्रश्न उठाउने ठाँउ धेरै भेटिन्छन् ।
शिर्षकले समेत चलचित्रको कथा र पात्रलाई सम्बोधन गर्न सकेको छैन । चलचित्रका पात्रहरुले बेला बखत जेरी खान्छन् । त्यही सन्दर्भलाई जोडेर जुलेवी नाम राखिएको छ । जुन दर्शकले सान्दर्भिक रुपमा मान्न सक्ने अवस्था देखिदैन ।
चलचित्रको अन्त्य पनि तार्किक निष्कर्षमा हुँदैन । सबै पात्र अलपत्र देखाइन्छ । चलचित्र सकिन्छ ।

 

प्रकाशित मिति : ३ भाद्र २०८०, आइतबार  ४ : ३४ बजे