१२ कार्तिक २०८१, सोमबार | Mon Oct 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


ललितपुरको महालक्ष्मीस्थान र गौरीघाटमा एक एक जना मृत फेला



३ भदौ । ललितपुरको महालक्ष्मीस्थान र काठमाडौंको गौरीघाटमा एक एक जना मृत अवस्थामा फेला परेका छन् ।
प्र्रहरीका अनुसार ललितपुर महानगरपालिका ५ महालक्ष्मी मन्दिर अगाडि सडक पेटीमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ५५ वर्षीय पुरुष शनिबार मृत अवस्थामा फेला परेका छन् ।
साथै प्रहरीले काठमाडौं महानगरपालिका ८ गौरीघाटस्थित सडक पेटीमा सोही महानगरपालिका ७ चाबहिल डेरा गरी बस्ने धादिङ धुनिबेशी नगरपालिका ७ घर भएका १९ वर्षीय जेशन तामाङलाई मृत अवस्थामा फेला परेको छ ।
घटनाहरुका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेका जानकारी दिएकोे छ ।

प्रकाशित मिति : ३ भाद्र २०८०, आइतबार  ३ : ०४ बजे