८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


सितापाइला बसभित्रै बालिका बलात्कार घटनाः ५१ वर्षीय पुरुषविरुद्ध मुद्दा दर्ता



४ भदौ । काठमाडौं सितापाइलामा रोकिराखेको बसभित्रै एक बालिका बलात्कृत भएकी छन्। कक्षा ५ मा अध्ययन गर्ने बालिकालाई ५१ वर्षीय पुरुषले बलात्कार गरेको प्रहरीले जनाएको छ ।

बलात्कार आरोपमा नागार्जुनको भीमढुंगाका ५१ वर्षीय मनोज महर्जनलाई पक्राउ गरेर बलात्कारको मुद्दा चलाइएको छ। बसभित्र बलात्कार गर्दै गरेको बेला ती बालिकाका भाइले देखेपछि घटना बाहिर आएको थियो। यो घटना असार ३० गतेको हो।

महर्जनले ती बालिकालाई बलात्कार गरेर कसैलाई नभन्नु भन्दै २५० रुपैयाँ समेत दिएका थिए। बलात्कार आरोपमा पक्राउ पर्ने महर्जन बसको समय हेर्न ‘टाइम किपर’को रुपमा काम गर्दै आएका व्यक्ति हुन्। उनीविरुद्ध अहिले जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता भएको छ।

प्रकाशित मिति : ४ भाद्र २०८०, सोमबार  ७ : ४६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।