५ भदौ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले ललिता निवास जग्गा प्रकरणको अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंलाई बुझाएको छ । मंगलबार सीआईबीको टोलीले अनुसन्धान प्रतिवेदन बुझाएको हो ।
सीआईबीले असार १२ गते भाटबटेनी सञ्चालक मीनबहादुर गुरुङ, पूर्वनिर्वाचन आयुक्त सुधीर शाहलगायत २३ जनालाई पक्राउ गरेर अनुसन्धान शुरु गरेको थियो । तीमध्ये ५ जना अदालतको आदेशले रिहा भए भने १८ जना हिरासतमा छन् ।
यसअघि आइतबार सीआईबीले यस प्रकरणमा नाम जोडिएका पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र बाबुराम भट्टराईसँग पनि सोधपुछ गरेको थियो ।







प्रतिक्रिया