४ पुस २०८२, शुक्रबार | Sat Dec 20 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालन



५ भदौ । पहिरोका कारण अवरुद्ध नरायणगढ –मुग्लिन सडक दुइतर्फी सञ्चालनमा आएको छ । पहिरो पन्छ्याएर उक्त सडक दुईतर्फी सञ्चालनमा ल्याइएको सडक डिभिजन कार्यालय भरतपुरका सूचना अधिकारी इञ्जिनियर चण्डेश्वर साहले जानकारी दिए ।

चितवनको ईच्छाकामना– ६ नाम्सीखोला पुलमा गए राति ८ बजे पहिरो खसेपछि सडक पूर्णरुपमा अवरुद्ध बनेको थियो । पहिरो हटाएसँगैँ सवारी साधन आ–आफ्नो गन्तव्यतर्फ लागेका छन् । पहिरोका कारण नरायणगढ –मुग्लिन सडकखण्ड पटक–पटक अवरुद्ध हुँदै आएको छ ।

प्रकाशित मिति : ५ भाद्र २०८०, मंगलबार  ९ : ४६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।