४ पुस २०८२, शुक्रबार | Sat Dec 20 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


प्रतिनिधिसभाको बैठक बस्दै नबसी स्थगित, भोलि दिउँसो ३ बजे बस्ने



५ भदौ । प्रतिनिधिसभाको बैठक बस्दै नबसी स्थगित भएको छ । मंगलबार दिउँसो ३ बजेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक बुधबार दिउँसो ३ बजेका लागि सारिएको हो । संघीय संसद सचिवालयले सूचना टाँस गरी प्रतिनिधिसभाको बैठक बुधबार दिउँसो ३ बजेसम्मका लागि स्थगित गरेको हो ।

‘मंगलबार दिउँसो ३ बजे बस्ने गरी तय भएको प्रतिनिधिसभा बैठक विशेष कारणले उक्त समयमा बस्न नसक्ने भएकाले प्रतिनिधिसभा नियमावली, २०७९ को नियम ६ को उपनियम ३ बमोजिम सम्माननीय सभामुखज्यूले सभाको अर्को बैठक २०८० साल भदौ ६ गते बुधबार दिनको ३ बजे बस्ने गरी निर्धारण गर्नुभएको छ,’ संघीय संसदका महासचिव डा. भरतराज गौतमले जारी गरेको सूचनामा भनिएको छ ।

प्रकाशित मिति : ५ भाद्र २०८०, मंगलबार  १० : ४१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।