१२ कार्तिक २०८१, सोमबार | Mon Oct 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


हनुमानढोका दरबार क्षेत्रका २२ सम्पदा पुनःनिर्माण अलपत्र



५ भदौ । विसं २०७२ वैशाख १२ गतेको भूकम्पले भत्किएका विश्व सम्पदा क्षेत्र हनुमानढोका दरबार क्षेत्रका २२ सम्पदा पुनःनिर्माण अझै सुरु हुन सकेको छैन ।

बजेट अभावमा विश्व सम्पदा सूचीमा सूचीकृत यस क्षेत्रका २२ सम्पदा पुनःनिर्माण अझै सुरु गर्न नसकिएको हनुमानढोका दरबार हेरचाह अड्डाका इञ्जिनीयर रेणु महर्जनले जानकारी दिएका छन् । साढे आठ वर्षअघिको भूकम्पले यस क्षेत्रका ७५ सम्पदामा क्षति पुगेको थियो । त्यसमध्ये ४२ सम्पदाको पुनःनिर्माण सम्पन्न भएको छ ।

हाल ११ सम्पदा पुनःनिर्माण हुन बाँकी छ । २२ वटा सम्पदा पुनःनिर्माणमा भने अझै केही हुन नसकेको हो । हनुमानढोका दरबार क्षेत्रमा ९५ सम्पदा रहेका छन् ।

 

प्रकाशित मिति : ५ भाद्र २०८०, मंगलबार  २ : ०१ बजे