१६ कार्तिक २०८१, शुक्रबार | Sat Nov 2 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


दिपकले दिपाका लागि कविता लेख्दै भने,‘जिन्दगीको उत्कृष्ट साथी’



ललितपुर
७ भदौं । हास्य कलाकार हुँदै चलचित्र क्षेत्रमा अभिनेताको भुमिका निभाइरहेका कलाकार दिपकराज गिरीले अभिनेत्री दिपाश्री निरौलाको जन्म दिनको अवसर पारेर कविता लेख्दै जिन्दगीको उत्कृष्ट साथीको रुपमा टिप्पण्ी गरेका छन् ।
उनले कवितामा पहिलो पल्ट भेट्दा घमण्डी लागेकी केटी अरुको पिडालाई आफ्नो मानेर समय विताएको उल्येख गरेका छन् । उनले भावुक बन्दै लेखेको कवितामा आफूलाई दुख्दा ऐआ भनेको सुनेको र मनको कुरा सुन्ने साथी भन्दै ‘लाखौं करोडौं र अरवौं शुभकामना लेखेका छन् ।’
नेपाली हास्य कला जगतमा दिपक र दिपालाई उत्कृष्ट जोडीको रुपमा लिइन्छ । ५० को दशकमा रेडियो नेपालमार्फत रामविलास र धनियाँ हुँदै नेपाल टेलिभिजनमा तितो सत्य हास्य श्रृखलामा उनीहरुले लामो समय सहकार्य गरे । ७० को दशकमा ठूलो पर्दामा उदाएको यो जोडी निरन्तर उत्कृष्ट चलचित्र पस्किरहेका छन् ।
पछिल्लो समय नेपाली चलचित्र ‘छक्का पञ्जा ४’ ले करिव १७ करोड ग्रस कलेक्सन गरे इतिहास निर्माण गरेको थियो ।
यस्तो छ दिपाका लागि दिपकले लेखेका कविता :

यो केटी त कस्ति घमन्डि ! मैं हूँ भन्छे !!
बोल्न त परै जाओस हेर्दा पनि हेर्दिन !
आज भन्दा कÞरीब ३ दशक अघि तिमि संगको पहिलो भेट , मलाइ आज पनि याद छ ‘
जसरी हामी किताबको कभर हेरेकै भरमा
पूरै बिषय अनुमान गर्छौ ‘ ठिक त्यस्तै
तिमि प्रतिको धारणा पनि तुरून्तै बनाएको थिए मैले !
तर मलाइ थाहा थिएन यो त्यहि केटी हो
जो अरूको पिडालाइ आफ्नो सम्झेर समय बिताउछे!
जÞिन्दगीको खेलमा आफू हार्छे
तर अरूलाइ जीताउछे !!
म प्रतिको तिम्रो योगदानलाइ त
सिर्फÞ एक शब्दमा बुनेको छू ,
चोट मलाइ लाग्दा ,तिम्ले ऐआ भनेको सुनेको छू !
कमजोरी पनि भनिदिन्छू ‘.
यॉहा हरेकको हातमा क्यालकुलेटर छ
कॉहा फाइदा , कॉहा बेफाइदा ,
कॉहा जÞोर छ ,कॉहा बिजोर छ
दिमागै दिमागको शहरमा तिमि ,मनको कुरा गर्छो ,
त्यसैले तिम्रो हिसाब कमजोर छ ‘.
मेरो जÞिन्दगीको उत्कृष्ट साथिलाइ जन्मदिनको लाखौ करोडौ र अरबौ शुभकामना‘‘

प्रकाशित मिति : ७ भाद्र २०८०, बिहिबार  ४ : ४१ बजे