२१ माघ २०८२, मंगलबार | Tue Feb 3 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


मानव कङ्काल फेला



८ भदौ । कपिलवस्तुको वाणगङ्गा नगरपालिकास्थित बागेश्वरी सामुदायिक वनमा मानव कङ्काल भेटिएको छ । वन क्षेत्रभित्र मानव अस्थिपञ्जर तथा साथमा चप्पल समेत फेला परेको इलाका प्रहरी कार्यालय कोपवाका प्रहरी नायब निरीक्षक प्रवीन कार्कीले बताए ।

उनले वनभित्र भेटिएको कङ्कालबारे अनुसन्धान भइरहेको बताए । वाणगङ्गा नगरपालिका–६ को वन छेउका स्थानीयवासीले च्याउ खोज्न जाँदा मानव कङ्काल फेला पारेपछि प्रहरीलाई जानकारी गराएका थिए ।

यसैबीच कपिलवस्तुको वाणगङ्गामा कुलाले बगाउँदा एक महिलाको मृत्यु भएको छ । वाणगङ्गा नगरपालिका ८ ढोडेकालेस्थित वाणगङ्गा नदीबाट सिँचाइका लागि बनाइएको कुलोमा बिहीबार माछा मार्ने क्रममा डुबेर अन्दाजी ५० वर्षीया गुड्डी थारुको मृत्यु भएको इलाका प्रहरी कार्यालय पिपराले जनाएको छ ।

इलाका प्रहरी कार्यालयका अनुसार मृतक महिलाले बिहीबार बिहानको समयमा कुलोमा माछा मार्ने क्रममा बगाएको थियो । उनको शव झण्डै एक किलोमिटर तल फेला परेको हो ।

प्रकाशित मिति : ८ भाद्र २०८०, शुक्रबार  ७ : ३२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।