२७ पुस २०८१, शनिबार | Sun Jan 12 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


काठमाडौं उपत्यकासहित बाग्मती प्रदेशभर सार्वजनिक बसको भाडामा वृद्धि



बाग्मती
८ भदौ । पेट्रोलिय पदार्थको मूल्य वृद्धि भएपछि काठमाडौं उपत्यकासहित बाग्मती प्रदेशमा प्रदेश सरकारको श्रम, रोजगार तथा यातायात मन्त्रालयले प्रदेशका विभिन्न स्थानमा सञ्चालनमा रहेको सार्वजनिक सवारी साधनको भाडादरमा वृद्धि गरेको छ ।

मन्त्रालयले एक सूचना जारी गर्दै बाग्मती प्रदेशअन्र्तगत १३ जिल्लाको सार्वजनिक सवारी साधनको भाडादर समायोजन गरेको जनाएको छ ।

आजदेखि लागू हुनेगरी जारी गरिएको भाडादर वृद्धिमा काडमाडौँ उपत्यकाभित्र चल्ने यात्रुवाहक सवारीको भाडादर आठ दशमलव तीन प्रतिशतले वृद्धि भएको बताइएको छ ।

काठमाडौँ उपत्यकाबाहिरको हकमा अर्थात उपत्यका बाहेकको स्थानमा चल्ने सवारी साधनको भाडादर पाँच दशमलव ३१ प्रतिशतले वृद्धि भएको छ । जसअनुसार अब काठमाडौँ उपत्यकामा पाँच किमीसम्मको न्यूनतम भाडादर रु एकले बढेर रु १९ कायम गरिएको सो मन्त्रालयले जनाएको छ ।

त्यसैगरी उपत्यकामा १० किमीसम्मको लागि रु २६, १५ किमीसम्मको रु ३१, २० किमीसम्मको रु ३५ र २० किमीभन्दा माथिका लागि रु ४० भाडादर कायम गरिएको छ ।

मन्त्रालयको सूचनामा काठमाडाँै उपत्यकाबाहिर प्रदेशका विभिन्न स्थानमा चल्ने यात्रुवाहक सवारी साधनको साविक भाडामा पाँच दशमलव ३१ प्रतिशतले वृद्धि गरिएको जनाइएको छ ।

यसैगरी पेट्रोलियम पर्दाथबाट चल्ने ट्याक्सीको भाडादर तीन दशमलव ४४ प्रतिशत र मालवाहक सवारी साधको भाडादर प्रतिकिमी प्रतिटन सात दशमलव ७७ प्रतिशतले वृद्धि भएको छ ।

पेट्रोलियम पदार्थको मूल्यमा भएको वृद्धिका कारणले सवारी साधनको भाडादरमा पनि वृद्धि गर्नुपरेको सूचनामा जनाइएको छ ।

 

प्रकाशित मिति : ८ भाद्र २०८०, शुक्रबार  ४ : ०३ बजे