काठमाडौँ
८ भदौ । चलचित्र विकास बोर्डको आयोजना रहने ‘राष्ट्रिय चलचित्र पुरस्कार तथा दीर्घ साधना सम्मान’ कार्यक्रम भदौ १२ गते मंगलबार हुने भएको छ । सम्मान तथा पुरस्कारको तयारी अन्तिम चरणमा रहेको बोर्ड सदस्य रवि अधिकारीले जानकारी दिएका छन् ।
“विविध कारणले गत असार १६ गते पर्ने भनिएको कार्यक्रम भदौ १२ मा गर्दैछौँ । हामीले बोर्डको तर्फबाट गर्ने तयारी गरिरहेका छौँ । हामीकहाँ सहभागी चलचित्र मध्येबाट उत्कृष्ट हुनेलाई पुरस्कृत गर्नेछौँ”, बोर्ड सदस्य अधिकारीले भने ।
नेपाली चलचित्रको विकास र प्रगतिमा उल्लेखनीय योगदान पु¥याउने कलाकार तथा स्रष्टालाई सम्मान गर्ने गरिएको छ ।
प्रतिक्रिया