९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

खेल


नेपालले जित्यो चारदेशीय महिला टी २० क्रिकेट सिरिजको उपाधि



९ भदौ । नेपालले मलेसियामा टी २० महिला क्रिकेटको उपाधि जितेको छ । चारदेशेशीय सिरिजको उपाधि नेपालले जितेको हो । मलेशियामा शनिबार भएको फाइनल खेलमा हङकङलाई १३ रनले पराजित गर्दै नेपालले सिरिज जितेको हो । हङकङले दिएको १०२ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले ५.३ ओभरमा एक विकेट गुमाएर ३७ रन बनाउँदा वर्षाले खेल रोकिएको थियो ।

त्यसपछि खेल हुन सक्दा डीएल मेथडबाट रिजल्ट निकालिएको हो । त्यसबेला नेपाल १३ रनले अगाडि हुँदा नेपाल विजेता बन्यो । नेपालका लागि इन्दु वर्माले १९ र सीता राना मगरले १३ रन बनाइन् । हङकङका लागि इक्रा शहरले एक विकेट लिइन् ।

यसअघि ब्याटिङ गरेको हङकङले ६ विकेट गुमाएर १०१ रन बनाएको थियो । हङकङका लागि का यिङ छनले २९, मरिना एन्टोनियाले १९ रन बनाएकी थिइन् ।

नेपालका लागि खुशी डंगोलले तीन, अस्मिता कर्माचार्य र पूजा महतोले एक–एक विकेट लिएका थिए । आईसीसी टी २० विश्वकपको एशिया छनोटको तयारीका लागि यो प्रतियोगिता भएको हो ।

प्रकाशित मिति : ९ भाद्र २०८०, शनिबार  १० : २२ बजे