९ भदौ । केही दिनअघि निधन भएका अभिनेता सारुक ताम्राकारका बुवा सानु ताम्राकारको निधन भएको छ । कलाकार तथा जादूगर समेत रहेका ताम्राकारको शनिबार नर्भिक अस्पतालमा उपचाकार क्रममा निधन भएको हो छोराको निधनपछि उनको स्वास्थ्यमा समस्या देखिएको थियो । किड्नीमा समस्या देखिएपछि उनलाई २८ दिनसम्म नर्भिकमा उपचारका लागि भर्ना गरिएको थियो । उनको आज ३ः२० मा निधन भएको हो । ७५ वर्षीया ताम्राकार मिर्गौलाो समस्याबाट पीडित थिए ।
शास्त्रीय नृत्यमा पारंगत ताम्राकारले दर्जनौँ नेपाली फिल्ममा अभिनय गरेका थिए । उनको निधनसँगै पुत्र वियोगमा रहेको बेला अस्पताल भर्ना भएका ताम्राकार परिवार थप शोकमा परेको छ । केही महिना अघि उनका छोरा तथा सारुक ताम्राकारले आत्महत्या गरेका थिए ।
९ भाद्र २०८०, शनिबार
1.1k
Shares
प्रतिक्रिया