१२ कार्तिक २०८१, सोमबार | Mon Oct 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


भक्तपुरको नःपुखुमा ‘वाटर साइक्लिङ’



भक्तपुर
९ भदौ । भक्तपुर नगरपालिका १ इताछेँस्थित नःपुखुमा आजबाट पानीमाथि चलाउने ‘वाटर साइकल’ शुभारम्भ गरिएको छ ।
आन्तरिक र बाह्य पर्यटकलाई आकर्षित गर्ने उद्देश्यले सञ्चालनमा ल्याइएको वाटर साइकलको भक्तपुर नगरपालिका १ का वडाध्यक्ष श्यामकृष्ण खत्री र सुनकोशी गाउँपालिका सिन्धुपाल्चोकको अध्यक्ष टपिन्द्रप्रसाद तिमिल्सिनाले संयुक्त रुपमा उद्घाटन गरेका छन् ।
टी एण्ड एन एडभेन्चर कम्पनीले भक्तपुर नगरपालिकाको समन्वयमा नःपुखुमा पोखरीमा वाटर साइकलिङ सञ्चालनमा ल्याएको हो । एउटा वाटर साइकलमा एक पटकमा दुई जना बस्न सकिने कम्पनीका सञ्चालक सुजन तिमिल्सिनाले जानकारी दिए।

प्रकाशित मिति : ९ भाद्र २०८०, शनिबार  ५ : १६ बजे