१० भदौ । ललिता निवास जग्गा हिनामिना प्रकरणमा सरकारी वकिलको कार्यालयले २ सय ९० जनालाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको छ ।
सरकारी वकिलको कार्यालयले सरकारी किर्ते कसुरअन्तर्गत उनीहरुविरुद्ध जिल्ला अदालत काठमाडौंमा आइतबार मुद्दा दायर गरेको हो ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले सरकारी किर्ते र संगठित अपराध दुवैमा मुद्दा चलाउन राय दिएर प्रतिवेदन बुझाए पनि जिल्ला सरकारी वकिल कार्यालयले सरकारी किर्तेमा मात्र मुद्दा दायर गरेको छ । संगठित अपराधमा मुद्दा दिन पर्याप्त प्रमाण नपुगेकाले उनीहरूविरुद्ध सरकारी किर्तेमा मात्र मुद्दा दायर गरिएको कार्यालयको भनाइ छ ।
जग्गा हिनामिना प्रकरणमा संलग्न भएको अभियोगमा बहालवाला सचिव कृष्णबहादुर राउत, सहसचिव सुशील वैद्य, पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदारसमेत चार पूर्वमन्त्री, ६ पूर्वसचिवलाई प्रतिवादी बनाइएको छ ।
ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेका पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाहलाई भने कार्यालयले प्रतिवादी बनाएको छैन ।








प्रतिक्रिया