२१ माघ २०८२, मंगलबार | Wed Feb 4 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


इन्जिनियरिङको शुल्कवृद्धि फिर्ता लिन माग गर्दै प्रदर्शन



१० भदौ । इन्जिनियरिङ अध्ययन संस्थानले स्नातक तहमा शुल्कवृद्धि गरेको विरोधमा नेपाल विद्यार्थी संघ (नेविसंघ)ले विरोध प्रदर्शन गरेको छ। शुल्कवृद्धि फिर्ता लिन माग गर्दै आइतबार नेविसंघ बालुवाटार घेराउ गर्न पुगेको हो।
इन्जिनियरिङ शिक्षा महँगो हुँदा गरिब तथा जेहेनदार विद्यार्थी अध्ययनबाट वञ्चित भएको भन्दै नेविसंघले विरोध गरेको हो। नेविसंघले शुल्कवृद्धि तत्काल फिर्ता लिनुपर्ने, सबै विश्वविद्यालयमा इन्जिनियरिङ शिक्षामा एकरूपता ल्याउनुपर्ने, विद्यार्थीको विदेश पलायनलाई ‘राष्ट्रिय संकट’ घोषणा गर्नुपर्नेलगायतका माग राखेको छ।

प्रकाशित मिति : १० भाद्र २०८०, आइतबार  ८ : ५५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।