१० भदौ । काठमाडौं महानगरपालिकाले आइतबार अनामनगरस्थित धोबी खोलाको मापदण्ड मिचेर बनाइएका संरचना हटाएको छ। भाटभटेनी नजिकैको पुलबाट थापा गाउँ तिरको उत्तरतर्फ करिब दुई रोपनी क्षेत्रफलमा बनाइएका अवैध संरचनामा डोजर चलाइएको महानगरपालिकाका नगर प्रहरी नवराज अधिकारीले कान्तिपुर टेलिभिजनलाई जानकारी दिए । उनका अनुसार त्यहाँ मोटर साइकल ग्यारेज र चमेनागृह सञ्चालनमा थिए ।
संरचना हटाउन महानगरले ठूलो संख्यामा नगर प्रहरीको उपस्थित गराएको छ । बाँकी खोला किनारका अन्य अवैध संरचना हटाउने कामलाई निरन्तरता दिने महानगरले बताएको छ ।
यसअघि महानगरले अनामनगरमा सार्वजनिक जग्गा मिचेर संरचना निर्माण गरेको भन्दै भद्रकुमारी घलेको सेवा सदनमा डोजर चलाएको थियो ।
प्रतिक्रिया