९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

खेल


सन्दीपविरुद्धको मुद्दामा भएन सुनुवाइ, एसिया कप खेल्न पाकिस्तान जाने



१० भदौ । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा आइतबार पनि सुनुवाइ स्थगित भएको छ । न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासमा पेसी तोकिएको मुद्दा ‘हेर्न नभ्याइने’मा राखिएको हो ।

न्यायाधीश पण्डितको इजलासमा पाँचौं नम्बरमा सन्दीपविरुद्धको मुद्दा सुनुवाइको पेसी थियो । तर चार वटा मुद्दा सुनुवाइ भए पनि पाँचौंखि तलका सबै मुद्दा हेर्न नभ्याइने सूचीमा परेका हुन् ।
सर्वोच्च अदालतले फास्ट ट्र्याकबाट मुद्दाको टुंगो लगाउन आदेश दिए पनि जिल्ला अदालत काठमाडौंमा लगातार सुनुवाइ हुन सकेको छैन ।
यसैबीच सन्दीप एसिया कप क्रिकेट प्रतियोगिता खेल्न पाकिस्तान जाने भएका छन् । अदालतमा सुनवाइ स्थगित भएसँगै उनी पाकिस्तान जाने भएका हुन् । उनी आज राति १ बजे पाकिस्तान प्रस्थान गर्ने बताइएको छ ।

प्रकाशित मिति : १० भाद्र २०८०, आइतबार  ११ : ५५ बजे