१६ कार्तिक २०८१, शुक्रबार | Sat Nov 2 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


अभिनेता ताम्राकारको पशुपति आर्यघाटमा अन्त्येष्टि



काठमाडौँ
१० भदौ । कलाकार तथा जादुगर सानु ताम्राकारको पार्थिव शरीरलाई आज पशुपतिस्थित आर्यघाटमा अन्त्येष्टि गरिएको छ । अन्त्येष्टि अगाडि उहाँको पार्थिव शरीरलाई श्रद्धाञ्जलिका लागि आर्यघाटमा केही समय राखिएको थियो ।

नेपाल चलचित्र कलाकार सङ्घको संयोजनमा भएको श्रद्धाञ्जलि कार्यक्रममा उनको पार्थिव शरीरलाई कलाकार, आफन्त, शुभेच्छुकलगायतले श्रद्धाञ्जलि दिएका थिए । कलाकार ताम्राकारको ७४ वर्षको उमेरमा उपचारकै क्रममा शनिबार निधन भएको थियो । कलाकार सङ्घका पूर्वकार्यवाहक अध्यक्षसमेत रहिसकेका कलाकार ताम्राकारलाई कलाकार सङ्घको झण्डा ओढाएर श्रद्धाञ्जलि दिइएको थियो ।

सङ्घका अध्यक्ष मोहन निरौलाले कलाकार ताम्राकारको निधनबाट आफू मर्माहत भएको बताएका छन् । उनले भने, “विगत २८ दिनदेखि उपचाररत हामीमाझ रहनुभएन । उहाँको काम र कलाकारितासँगै चलचित्र क्षेत्रमा दिनुभएको योगदान हामीमाझ रहिरहने छ ।”

मिर्गौलासम्बन्धी रोगले पीडित कलाकार ताम्राकारले गत असार २१ गते छोरा तथा अभिनेता सारुकको निधन भएपछि पुत्रवियोगसमेत खेपेका थिए । उनलाई अन्तिम श्रद्धाञ्जलि दिन चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी, अभिनेता दीपकराज गिरी, निर्देशक दीपाश्री निरौला, केपी पाठक, नीर शाह, रवि गिरी, वसुन्धरा भुसाललगायतका कलाकर्मी आर्यघाट पुगेका थिए ।

‘मेरी मामु’, ‘भुइँ मान्छे’, ‘ग्याम्ब्लर’, ‘पल’लगायतका चलचित्रमा अभिनय गरेका कलाकार ताम्राकारकी श्रीमती रुकमणी ताम्राकार छिन् ।

 

प्रकाशित मिति : १० भाद्र २०८०, आइतबार  २ : २५ बजे