१२ कार्तिक २०८१, सोमबार | Mon Oct 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


काठमाडौं बुढानिलकण्ठबाट अमेरिकी पेस्तोल सहित युवक पक्राउ



काठमाडौं
१० भदौ । काठमाडौं बुढानिलकण्ठबाट अमेरिकी पेस्तोल सहित एक युवक पक्राउ परेका छन् ।
प्रहरीका अनुसार काठमाडौं महानगरपालिका ७ घर भएका २८ वर्षीय सुलभ भन्ने सुरज श्रेष्ठलाई मेड इन यूएसए लेखिएको १ थान पेस्तोल, ४ राउण्ड गोली, म्याग्जिन र १ थान डिजिटल तराजुसहित सहित शक्रबार राति प्रहरी पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा खटिएको प्रहरीले उनलाई उक्त हतियारसहित बुढानिलकण्ठ नगरपालिका ४ पासिकोटबाट पक्राउ गरेको हो ।
घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : १० भाद्र २०८०, आइतबार  ४ : ४९ बजे