८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


भक्तपुरको चार दोवाटोका तरकारी पसलहरुमा श्रृखलाबद्ध चोरी



 

भक्तपुरको चारदोवाटो तरकारी बजारमा श्रृखलाबद्ध रुपमा चोरी लाखौं रुपैया नगद चोरी चएको छ ।
प्रहरीका अनुसार मध्यपुरठिमी नगरपालिका ३ चारदोबाटोस्थित अन्नपुर्ण बहुमुखी सहकारी संस्थाले संचालन गरेको अन्नपूर्ण तरकारी बजारको पसलहरुबाट चोरी भएको हो ।
मोरङ सुन्दरहरैचा नगरपालिका २ घर बएका ४० वर्षीय कृष्ण राज खड्काको काउन्टरबाट नगद २ लाख रुपैयाँ र बारा पर्सा गाउँपालिका १ घर भएका ३५ वर्षीय वीरेन्द्र चौधरीको पसलबाट नगद २५ हजार रूपैयाँ आइतबार चोरी भएको प्रहरीले जानकारी दिएको छ ।
बजारमा चोरीको सूचनापछि प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुको साथै चोरी सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : १० भाद्र २०८०, आइतबार  ५ : ०५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।