९ चैत्र २०८२, सोमबार | Tue Mar 24 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


पार्किङ्ग शुल्क नउठाउन व्यावसायिक भवनहरुलाई सर्वोच्चको अन्तरिम आदेश



११ भदौ । काठमाडौं महानगरमा रहेका व्यवसायीक भवनहरूले सेवाग्राहीबाट लिँदै आएको पार्किङ शुल्क अबदेखि लिन नपाउने भएका छन्।
सोमबार यसबारे अन्तरिम आदेश जारी गर्दै उच्च अदालत पाटनले पार्किङ शुल्क नउठाउन भनेको हाे। यसअघि यस्ता व्यवसायिक भवनहरुले आफ्नो पार्किङमा सवारी साधन पार्क गरेबापत शुल्क उठाउँदै आएका थिए।

यसअघि महानगरले निःशुल्क पार्किङ सेवा उपलब्ध गराउनु पर्ने भनेपछि व्यापारिक कम्प्लेक्सले उच्च अदालतमा रिट दायर गरेका हुन्। कम्प्लेक्स डेभलपर एशोसिएसनले काठमाडौं महानगरपालिकालाई विपक्षी बनाएर रिट दायर गरेको थियो।

त्यो रिटमाथि २२ साउनमा सुनुवाइ गर्दै न्यायाधीश राजेन्द्र खरेलको एकल इजलासले व्यापारिक कम्‍प्लेक्सहरूले उठाउँदै आएको पार्किङ शुल्क उठाउनबाट नरोक्न पाटन उच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियाे। भने काठमाडौं महानगरपालिकासँग लिखित जवाफ माग गरेको थियो ।

 

प्रकाशित मिति : ११ भाद्र २०८०, सोमबार  ७ : २४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।