ललितखबर
१२ भदौं । गएको शुक्रबारबाट चलचित्र ‘जय हो’ प्रर्दशन भइरहेको छ । नेपाली चलचित्र जगतका सफल निर्माता तथा निर्देशक सोभित बस्नेतको निर्माण रहेको यस चलचित्रमा उनकै छोरा अभिनेता सलोन बस्नेत र अभिनेत्री केकी अधिकारी अर्पण थापा र निशा अधिकारी लगायतको अभिनय रहेको छ ।
प्रेमकथा जनरामा निर्माण गरिएको चलचित्र हो ‘जय हो’ ।
चलचित्रको कथा सामान्य र धाराप्रवाह रुपमा अघि बढ्दा दर्शकको ध्यानमग्न हुन्छन् । कथा लम्मेतान छैन । कतुकको प्रसंग चलचित्रमा राखिएको छैन । सिधा सिधा कथा अघि बढ्दा चलचित्र हेर्ने दर्शकले बोर मान्दैनन् । तर सुरुबाटै चलचित्रले कौतुहल जगाउदैन ।
पोखराबाट मुस्ताङ जाने यात्रुहरुको कथामा चलचित्र निर्माण गरिएको छ ।
चलचित्रले सुरु देखि नै दर्शकलाई बाँधेर राखेको भएपछि कौतुहलता भने जगाउँदैन । चलचित्रमा यात्राको रमाइलोले दर्शकलाई पक्कै लोभ्याउछ । यात्रामा हुने दुःख र सुखलाई सहज रुपमा चित्रण गरिएको छ ।
चलचित्र ‘जय हो’मा सिनेमेट्रोग्राफरले आफ्नो क्षमता क्यामेरामार्फत देखाउन सफल छन् । उनले हिमालका दृश्यहरु यस्तो राम्रो तरिकाले खिचेका छन् कि लाग्छ दर्शक आफै मुस्ताङको यात्रामा छन् । खुलेको मौसममा सुटिङ गरिएकोले होला आँखै अगाडि सुन्दर हिमाल, मुस्ताङको नाङ्गो पाखा पखेरा र बाटोघाटोमा आफै यात्रा गरे झैं लाग्छ । चलचित्र हेर्ने दर्शकले सुस्दर मुस्ताङ पुगेर फर्केको अनुभव गर्न सक्छन् ।
चलचित्रमा अर्पण थापा नायकको भूमिकामा छन् । उनले अन्य चलचित्रमा चरित्र अभिनेताको रुपमा आफ्नो भूमिका देखाएका कारण उनले आफ्नो वास्तविक कला लुकाएर अभिनय गरेको यस अघि उनको चलचित्र हेरेका दर्शकले अनुभव गर्न सक्छन् ।
पछिल्लो पुस्ताका अभिनेता सलोन बस्नेतले यस चलचित्रमा भरपुर आफ्नो अभिनय कला देखाउने मौका पाएका छन् । उनी यस चलचित्रमा चकलेटी नायकको रुपमा कला देखाउन सकेका छन् । तर उनभित्रको बास्तविक अभिनय क्षमता निर्देशक टेक पौरखी राईले निकाल्न सकेका छैनन् झैं लाग्छ ।
अभिनेत्री केकी अधिकारीले घमण्डी युवतीको चरित्र चलचित्रमा देखाउन सफल छिन् । महिला घमण्डी भए पनि मनको कमलो र दिलदार हुन्छन् भन्ने चलचित्रमा देखाउन खोजिएको छ । जुन निर्देशक राईले केही हदसम्म देखाउन सफल पनि भएका छन् ।
अभिनेत्री निशा अधिकारी चलचित्रमा जमेकी छिन् । असुवाउदो लाग्ने उनको भूमिकालाई निशाले सहजै निभाएकी छिन् । उनको अभिनय क्षमताले विवाह गर्न मुस्ताङको गाँउ जाने क्रममा निशा खुलेकी छिन् ।
सुमधुर पार्शसंगीतले चलचित्रको प्राण भरेको छ । चलचित्रको सम्वादमा खोट लगाउने ठाँउ छैन ।
चलचित्रमा गीतहरुमा पनि सुमधुर नै छन् । हिमालको पृष्टभूमिले झन् सुन्दर बनाएका छन् । चलचित्रको द्वन्द्वको दृश्यले कथालाई रोमाञ्चक बनाएको छ ।
चलचित्रमा दयाहाङ र बुद्धिको भूमिकामा देखिने दुई कलाकारको अभिनयले चलचित्रलाई बास्तविक नभई नाटकीय लाग्छ । चलचित्रमा चटपटे पात्र राखेर चलचित्र बनाउन जोखेको देखिए पनि उनीहरु हलुवामा वालुवा झैं लाग्छन् ।
चलचित्र ‘जय हो’ पुरानै टेष्टमा गीत संगीत, फाइट, प्रेम, विछोडजस्ता मसला राखेर निर्माण गरिएको छ । नयाँ कथामा निर्माण गरिएका पछिल्ला चलचित्र जस्तो छैन ‘जय हो’ ।
चलचित्रको कथा पुरानै शैलीको लाग्न सक्छ । अन्तमा दुई हिरोकोबीच हिरोएनको विषयलाई लिएर फाइट पर्नु र एउटै गाडीमा हिरो र हिरोएनको भेट हुनुजस्ता कथा राजेश महालकालीन लाग्न सक्छ ।
माउसे गुरुङको रोमान्टिक अभिनय चलचित्रमा हेर्न लायक छ । मोटो शरिर पुट्को ज्यानलाई निशा अधिकारीको जोडी नसुवाउने देखिए पनि चलचित्रमा भने स्वभाविक लाग्छ । कथामा पनि कलात्मक नभएको दर्शकले अनुभव गर्छन् । केकी अधिकारीले दुई हिरोमध्ये एक जना रोजेको दृश्य भद्दा नाटकीय लाग्छ ।
चलचित्रमा कलाकार छनौटमा चाही अलि विचार गरिदिएको भए हुन्थ्यो भन्ने लाग्छ । निशा र माउसे गुरुङको जोडी देख्दा हाँसो लाग्छ । अर्पण थापा जत्तिको कलाकारलाई सामान्य भूमिका दिनु गल्ती थियो ।
पछिल्ला चलचित्रको भीडमा जय हो तुलनात्मक रुपमा राम्रो बनेको छ । दर्शकहरु हेर्न जाँदा पछुताउनु पर्दैन । न्युनतम टिकटमा तिरेको पैसा मानोरञ्जन लिएर असुलउपर हुन्छ ।
प्रतिक्रिया