१४ मंसिर २०८१, शुक्रबार | Fri Nov 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


‘ह्यासट्याग माया’की असिस्टेन्ट डाइरेक्टर भन्छिन्,‘मायाको नाममा नौटंकी गर्दै सबैको अघि चर्तिकला देखाइयो’



१२ भदौ । अभिनेता सारुक ताम्राकारको निधनपछि चलचित्र ‘ह्यासट्याग माया’को निर्माण रोकिएको छ । ठूलो खर्चसँगै निर्माणाधिन यस चलचित्रमा ज्यादा खर्च गराएको तथ्य चलचित्रकी सहायक निर्देशक शान्ति तामाङले सामाजिक सञ्जालमा लेखेकी छिन् ।
चलचित्रको धेरै सिन खिचिसकिएको छ । चलचित्र अभिनेता ताम्रकारको निधनपछि चलचित्र परा हुने सम्भावना कम छ ।

यसैक्रममा, ‘ह्यासट्याग माया’की असिस्टेन्ट डाइरेक्टर शान्ति तामाङले नाम उल्येख नगरी चलचित्रकी अभिनेत्री नम्रता श्रेष्ठप्रति लक्षित गर्दै विभिन्न आरोप लगाएकी छन् । उनले फेसबुकमा २४ वटा बुँदामा स्टाटस लेख्दै कसैको नाम उच्चारण नगरी व्यक्तिगत टिस्यूदेखि मसाजको बिलसम्म निर्मातालाई तिर्न लगाएको उल्लेख गरेकी छन् । आफ्नै सहकर्मीलाई गिराएर सबैको अघि गाली–बेइज्जती गरेको आफूले देखेको उनको भनाई छ ।
उनले चलचित्र छायांकनको क्रममा कस्ट्युम डिजाइनरलगायत विभिन्न व्यक्तिहरु परिवर्तन गराएको अनावश्यक सरसामान मगाएको कथा नै परिवर्तन गर्न लगाएर हैरान गरेको समेत उल्येख गरेकी छिन् ।

‘मायाको नाममा नौटंकी गर्दै सबैको अघि चर्तिकला देखाउँदै बसेको र माया गर्ने मान्छे छेउमा बसेर टुलुटुलु हेरिरहेको पनि देखियो । सोझो मान्छेको मुखमा कतिसम्म घोचो गर्दोरहेछ मौका पायो भने मान्छेले, त्यो पनि हेरियो र भोगियो,’ उनले लेखेकी छन्, ‘सेटमा आउने टाइमशीटको समयलाई लात मारेर बिहान ८ बजे बोलाएको छ भने दिउँसो २ बजे आएर सुट स्टार्ट भएको पनि यहीँ देखेँ ।’
फिल्मकी अभिनेत्री नम्रता श्रेष्ठको बारेमा निर्देशक राजीव गुरुङ विभिन्न तथ्यहरु सार्वजनिक गरेका छन् ।

यस्तो छ उनको आरोप :

सबै कुरा आफ्नु आँखाले जे देखे त्यहि लेख्दै छु…किन कि मेरो नैतिकताले चुप लागेर बस्नु दिएन र म लेख्दै छु..मेरो मानब धर्मले पनि मानेन मुख बन्द गरेर बस्नु ..यदि यो सबै लेखेर मलाई केहि गलत हुन गएमा र केहि कानुनि दायराले तानिएमा सम्बन्धित निकाय कुन हदसम्म बिक्दो रहेछ छर्लंग देखिन्छ ..
# एउटा सिनेमा बन्नुमा सबै भन्दा ठुलो योगदान निर्माताको हुन्छ जो निर्माता पैसा एक शब्द नबोली खन्याई रहे..
# विश्वास गरे कि यो सिनेमा बन्ला र बनाउँछु भनेर तर सबैले वहाँलाई जुका बनेर चुसी रहे
# यो चाहिन्छ ,त्यहि दिए ,त्यो चाहियो, त्यहि गरे तर film बन्ने function नै बिचित्र देखाएर चुसी रहे
# यो कलाकारलाई यही राखेर काम गराउनु पर्छ भने त्यहि गरे, पालेर राखे,ख्वाएर राखे
# फलानो चाहिन्छ खोजेर त्यहि ल्याइयो, ढिस्कानो मन परेन काम बाट निकालियो
# आफ्नु personal tissues देखि massage गरेको बिल सम्म निर्माताको हातमा थमायो बिचरा निर्माता तिरी नै रहयो
# पुजा गर्नु पर्छ काम राम्रो हुन्छ भनियो ..त्यो पनि गर्यो तर मध्य रातमा गर्ने पूजा कस्तो थियो कुन्नी भगवान् जानोस् ???
# हरेक team को मान्छेलाई केहि जानेको छैन..काम नै गर्नु आउँदैन भनेर तल झार्दै आफु नै जान्ने र सुन्ने बाहेक अरु सबैलाई केहि नजानेको लाटो हो जस्तो महसूस गरायो,त्यो पनि सहनु बाध्य बनाइयो, त्यो पनि सहियो, काम प्रतिको लगावले गर्दा
# आफ्नु सह-कर्मीलाई गिराएर सबैको अगाडी गाली गरेर बेइजति गर्यो त्यो पनि यो आँखाले देख्यो..बिचरा चुपो लगेर सहेर बसेको पनि देखे ..
# मायाको नाममा नौटंकी गर्दै, सबैको अगाडी चर्तिकला देखाउदै बसेको ..माया गर्ने मान्छे छेउमा बसेर टुलुटुलु हेरी रहेको पनि देखियो..
# साचिकै नौटंकी नै गरेको कि साचिकै माया हो यो भनेर सोच्नु बाध्यता भएको पनि देखियो
# सोझो मान्छेको मुखमा कत्ति सम्म घोचो गर्दो रहेछ मौका पायो भने ,मान्छेले त्यो पनि हेरियो र भोगियो ..
# सेटमा आउने timesheet को समयलाई लात मारेर 8 am बोलाएको छ भने 2pm आएर shoot start भएको पनि यहीं देखे
# एउटा scene खिचे पछि सेटबाट गायब, चारै तिर खोजेर हिड्नु पर्ने AD हरुको बाध्यता पनि देखे..
# बेहोसमा स्क्रिप्ट लेखेर भोलि पल्ट सेटमा आएर यो कसरी भयो र त्यो कसरी भयो भनेर आफै समय बर्बाद गरेको पनि देखियो
# निर्माताको गाडी लगेर सिधै भित्तामा ठोकेर ध्वस्त बनाएको पनि देखियो ..बिचरा त्यो गाडीको के दोस थियो र ??
# कहिले के कहिले के ..एक एक वटा समस्या निकाल्दै सारा team को मेहेनत लाई लात हानेको पनि भोगियो
# यो costume मन परेन र लाउँदिन भनेर designer नै बदली दियो
# यो makeup artist भएन भनेर complain गर्यो फेरी अर्को makeup artist change भयो …
# सबैमा घाटा निर्माताले नै भोगी रहेको थियो
# कसैले cross question गर्ने हिम्मत राखेन किनकी काम र career मै दाग लाग्ला भन्ने डरले सबै गलत भएको छ भने पनि टुलुटुलु हेरी रहनु बाध्य बन्यो
# स्क्रिप्ट लेख्ने मान्छे नै ३ देखी ४ वटा पैसा तिरेर hire गरियो तर कसैको लेखाई लाई चित्त बुझाएन
# पछि फेरी आफै स्क्रिप्ट लेख्नु बस्छु भन्यो फेरी समय लम्बाउनु स्क्रिप्ट पर्खिनु पर्ने बाध्य बनायो
# हरेक दिन निर्माताको पैसा गईरहेको छ त्यो कुराको केहि कदर र हेक्का नै राखेन
हरेक कुरामा हाबी भयो र हुन पनि दियो किनकि film सकाउनु थियो सबैलाई बिगत ३ बर्षबाट रोकिएको फिल्म थियो #माया …..
तर बिडम्बना एउटा कुशल कलाकारको ज्यान नै गुम्यो ..एउटा तारा भगवान लाई प्यारो भयो सायद माथि उल्लेखित सहनु नसकिने गरेर भएको अत्याचार रोक्नुलाई भगवानले नै सबै रोकी दियो….
सबैलाई स्तब्द बनाई दियो
झन् आज त म पशुपति गएर वहाँको बुवाको अन्त्यस्टी सकाएर घर फर्किए
एउटा परिवारमा आगो लगाई दियो, तहस नहस गरि दियो,
बाबा छोरा को ५२ दिन को फरकमा ज्यान गयो ..
यदी भगवान छ भने जसरी रोकी दियो त्यसरी अगाडी पनी बढाई दिनुस् …. यत्तिकै यो कथा नसकाउनुस कृपया …
यदी मानबता मरेको छैन भने यो कुरामा सबैको ध्यान आकर्षण पनी होस्
र केहि संकल्पमा पुगोस्
यो काहानी जसले लेखेको हो उसैले सबै कहानी को अन्त्य पनि गरोस् ….
सम्बन्धित निकायले investigation गर्दै छ या छैन …??
investigation को क्रममा भेटिएको संकास्पत चिजहरु त्यतिकै हरायो कि गायब गरियो ??
पैसाको चलखेल भएको हल्लाहरु सहि हो या गलत हो??
के सांचिकै
“नेपालको कानून दैब जानून” कै सिकार भएको हो ???

प्रकाशित मिति : १२ भाद्र २०८०, मंगलबार  ७ : १६ बजे