८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


गौहत्याविरुद्व कानूनका विद्यार्थीद्वारा माइतिघरमा प्रदर्शन



१२ भदौ । गौहात्याको विरोधमा विद्यार्थीहरुले काठमाडौंको माइतघरमा प्रदर्शन गरेका छन्। कानुन अध्ययन गरिहेकाका विद्यार्थीहरूले मंगलबार राष्ट्रिय जनावर गाई मार्नेलाई कारबाहीको माग गर्दै माइतीघरमा प्रदर्शन गरेका हुन्।

उनीहरुले ‘गाई मार्न पाइँदैन, कानूनको पालना गर, कानुन जान्दिन भन्न पाइँदैन, कानुन मान्दिनँ भन्न पाइँदैन’ जस्ता नारा लेखिएका प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए।
विरोध प्रदर्शनमा सहभागीले संविधानको विरुद्ध गाई मारेर खाने कार्य भइरहे पनि सरकार मुकदर्शक मात्र बनेको आरोप लगाए। प्रदर्शनमा सहभागीले भने, ‘गाईको हत्या भएको सरकार हेरेरमात्र बसिरहेको छ। सरकारलाई कानून पढाउने हिसाबले हामी यहाँ आएका हौं।’

उनीहरुले गौहत्या गर्नेलाई कानून बमोजिम कारबाही गर्नुपर्ने बताउँदै सरकारले कारबाही नगरेर आफूहरुले त्यस्ता व्यक्तिलाई नछोड्ने पनि चेतावनी दिए। धरानमा समूहिमकरुपमा गोरुका काटेर खाएको भिडियो सामाजिकमा सञ्जालमा पोस्ट गरिएपछि देशैभर गौ हत्याको विरोध भइरहेको छ।

प्रकाशित मिति : १२ भाद्र २०८०, मंगलबार  ११ : २५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।