१२ भदौ । एकेडेमी अफ मोसन पिक्चर आर्ट्स एन्ड साइन्सेस (अस्कर अवार्ड) को ९६औँ संस्करणमा अन्तर्राष्ट्रिय फिचर चलचित्र विधामा सहभागिताका लागि नेपालस्थित कमिटीले आह्वान गरेको छ ।
आउँदो वर्ष सन् २०२४ मा अमेरिकास्थित लस एन्जलसमा हुने भनिएको अवार्डका लागि नेपालस्थित कमिटीमा भदौ २९ सम्म दर्ता भइसक्नुपर्ने सचिव चिरञ्जीवी गुरागाईंले जानकारी दिए ।
उनले भने, “प्राप्त चलचित्रलाई हेरेपछि हामीले एउटालाई असोज १ गतेसम्म अस्करमा पठाउँछौँ । कमिटीले तयार गरेको मापदण्डमा नेपालको मौलिकता झल्किने चलचित्रलाई सिफारिस गर्ने गरिएको छ ।”
मापदण्डानुसार तोकिएको मितिभित्र प्रदर्शन भएको हुनुपर्ने, केन्द्रीय चलचित्र जाँच समितिबाट पास भएको हुनुपर्ने, चलचित्र भवनमा कम्तीमा सात दिन प्रदर्शन भएको हुनुपर्ने वा मान्यताप्राप्त ओटीटीमा प्रदर्शन भएको हुनुपर्ने छ । कमिटीले जारी गरेको व्यक्तव्यमा डिसेम्बर १, २०२२ देखि अक्टोबर ३१, २०२३ सम्म प्रदर्शन भएका चलचित्रले प्रतिस्पर्धामा सहभागी हुन पाउने छन् ।
प्रतिक्रिया