२८ माघ २०८२, मंगलबार | Tue Feb 10 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


नेपाली सेनाका सेनानी पण्डित चार दिनदेखि बेपत्ता



जाजरकोट
१३ भदौ । नेपाली सेनाको नन्दबक्स गुल्मका गुल्मपति सेनानी विमल पण्डित बेपत्ता छन् ।

जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रमुख प्रहरी नायब उपरीक्षक शिव बुढाथोकीका अनुसार आइतबार अपराह्न ३ः०० बजे बजार घुमेर आउँछु भनी भदालेस्थित गुल्म निस्किएका सेनानी पण्डित साँझसम्म पनि नफर्किएपछि उनको खोजी गर्न थालिएको थियो । त्रिपुरासुन्दरी नगरपालिकाको केन्द्र रहेको त्रिपुराकोट र जुफाल बजारलगायतका स्थानमा आइतबार साँझदेखि नै खोजी गर्दा पनि सेनानी पण्डित कतै नभेटिएको उनले बताएका छन् ।

सेनानी पण्डितको मोबाइल पनि अफ रहेको प्रहरी नायब उपरीक्षक बुढाथोकीले बताए । उनको खोजी गर्न ठूलो सङ्ख्यामा नेपाली सेना, नेपाली प्रहरी र सशस्त्र प्रहरी बलको टोली खटिएको छ । डोल्पाका प्रमुख जिल्ला अधिकारी भूमिश्वर पोखरेलले सेनानी पण्डित अङ्गरक्षकलाई साथमा नलिएर एक्लै हिँडेकाले पनि खोज्न समस्या भएको बताए ।

प्रकाशित मिति : १३ भाद्र २०८०, बुधबार  ३ : ०९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।