१२ कार्तिक २०८१, सोमबार | Mon Oct 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


काठमाडौंको काभ्रेस्थलीमा एक पुरुषको करेन्ट लागेर मृत्यु



काठमाडौं
१४ भदौ । काठमाडौंको काभ्रेस्थलीमा एक पुरुषको करेन्ट लागेर मृत्यु भएको छ ।
प्रहरीका अनुसार काठमाडौंको तारकेश्वर नगरपालिका २ काभ्रेस्थली बस्ने धादिङ नेत्रावती गाउँपालिका ५ घर भएका ४४ वर्षीय लोक बहादुर तामाङको करेन्ट लागेर मंगलबार दिउँसो मृत्यु भएको हो ।
आफ्नै कोठामा विद्युतीय प्लगमा तार जोड्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको ग्रिनसिटी अस्पताल बसुन्धरामा उपचारको क्रममा मृत्यु भएको थियो ।

प्रकाशित मिति : १४ भाद्र २०८०, बिहिबार  १ : ५४ बजे