९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

खेल


मेयर बालेनले भने,‘हामी हिडेको बाटो गलत छैन’



१४ भदौं । काठमाडौं महानगरका मेयर बालेन शाहले नेपाली क्रिकेट खेलडीहरुको एशियाकप अन्र्तगतको बुधबार पाकिस्तानसँगको खेलको प्रशंशा गर्दै नेपाली क्रिकेट टिमलाई हौस्याएका छन् ।
सामाजिक सञ्जालमा लेख्दै मेयर बालेनले खेलाडीहरुलाई हारहरुका माला लगाउनु पर्ने यतार्थलाई प्रस्ट्याउदै भारतसँगको खेल सझिलो हुने भन्दै खेलाडीको मनोबल बढाउन ढाडस दिएका छन् ।
उनले भनेका छन्, ‘हामीले एसोसिएट मुलुकसँग राम्रो खेल्न सके जस्तै भारत,पाकिस्तान जस्ता देशहरुसँग पनि अवश्य राम्रो गर्ने छौँ ।’
मेयर बालेनले खेलाडीहरुलाई बाटो देखाउदै लेखेका छन्, ‘बाटो लामो छ तर सफलताका लागि हिड्नु पर्ने बाटो यहि हो ।’
यस्तो छ उनको भनाई :

एकपल्ट नेपालका सर्वकालिक खेलाडि पारस खडकाज्युसँग कुरा भएको थियो मेरो । उहाँ भन्नु हुन्थ्यो, ’२००८ ताका हामीलाई युएईको बलरसँग खेल्न एकदम गाह्रो हुन्थ्यो । बलको पेस र स्विङले गर्दा बल कहाँदेखि आउथ्यो हामीलाई थाहा नै हुन्न थियो । हामी उनीहरुसँग खेल्दै गयौँ । सिक्दै गयौँ । अहिले एसोसिएट देशहरुमा हाम्रो अवस्था फरक छ ।
हिजो पाकिस्तानसँगको खेल पनि हामीले देख्दा पारसजीले भने जस्तै रहेको देखियो । हामीलाई पाकिस्तानी खेलाडिका तिव्र बलको सामना गर्न अलिक मुस्किल नै पर्यो । बाबर आजम जस्ता खेलाडिलाई बलिङ गर्नु पर्दा हाम्रा खेलाडिहरुलाई सुरुवातमा केहि धक रहे जस्तो देखियो । तर हामीले हिजोबाट सिकाइको नयाँ चरण भोग्यौँ । त्यो सिकाइले हामी भारतसँग खेल्न केहि सहज बनाउनेछ । अझै यस्तै विश्वस्तरिय टिम र खेलाडिहरुसँगको सिकाइले केही बर्षमा नै युएईहरुसँग सिकेर हामीले एसोसिएट मुलुकसँग राम्रो खेल्न सके जस्तै भारत,पाकिस्तान जस्ता देशहरुसँग पनि अवश्य राम्रो गर्ने छौँ ।
बाटो लामो छ तर सफलताका लागि हिड्नु पर्ने बाटो यहि हो । लगाउनु पर्ने हारहरुका मालाहरु पनि यीनै हुन् । प्िरय खेलाडी, व्यवस्थापक र समर्थकहरु ! हामी हिडेको बाटो गलत छैन ।

प्रकाशित मिति : १४ भाद्र २०८०, बिहिबार  ३ : १५ बजे