१२ कार्तिक २०८१, सोमबार | Mon Oct 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


चीनले चुच्चे नक्सा नराखेकामा बालेनकोे विरोध, ५ दिने भ्रमण रद्द



१४ साउन । छिमेकी देश चीनले सार्वजनिक गरेको नक्सामा लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई नसमेटेको भन्दै काठमाडौं महानगरका मेयर बालेन शाहले विरोध गरेका छन् ।
सामाजिक सञ्जालमा लेख्दै मेयर शाहले केही दिन पहिले चीनको प्राकृतिक स्रोत मन्त्रालयले उक्त स्थानलाई हटाएर पहिलेको बुच्चे नक्सालाई कायम गरेर नेपालको नक्सा सार्वजनिक गरेको भन्दै असन्तुष्टि व्यक्त गरेका हुन् ।
उनले चीनले नेपाली भूभागलाई नेपाललाई नै नसोधी भारतको देखाउनु हाम्रो संवेदनशीलतामाथि चालेको गलत कदम मानेको प्रष्ट पार्दै चीनको निमन्त्रणामा हुँदै गरेको ५ दिने भ्रमण नैतिकताको आधारमा नजाने निर्णय गरेको बताएका छन् ।

प्रकाशित मिति : १४ भाद्र २०८०, बिहिबार  ८ : ०२ बजे