९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

खेल


नेपालले बहराइनलाई १० विकेटले हरायो



१५ भदौ । मलेसियामा जारी आइसीसी महिला टी-२० विश्वकपको एसिया छनोटमा नेपालले बहराइनमाथि शानदार जित हासिल गरेको छ । मलेसियाको सिलोंग्र ट्रफमा शुक्रबार भएको खेलमा बहराइनलाई १० विकेटले पराजित गर्दै नेपालले प्रतियोगितामा लगातार दोस्रो जित हात पारेको हो । योसँगै नेपालको सेमिफाइनलमा पुग्ने सम्भावना बलियो बनेको छ ।

जितका लागि ३२ रनको झिनो लक्ष्य नेपालले २.५ ओभरमा कुनै विकेट नगुमाइ पूरा गर्‍यो । नेपालको जितमा ओपनर कविता कुँवर १४ बलमा ३ चौकासहित १८ रनमा अविजित रहिन् भने सीताराना मगर ३ बलमा २ रनमा अविजित रहिन् ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको बहराइन १५ दशमलव चार ओभरमा सबै विकेट गुमाउँदै ३१ रनमा समेटियो । बहराइनका लागि कप्तान दीपिका रसङगिकाले सर्वाधिक ११ रनको योगदान दिइन । त्यसबाहेक बहराइनका अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् । बहराइनका ६ खेलाडी शून्य रनमा आउट भएका थिए ।

बहराइलाई सस्तैमा समेट्ने क्रममा नेपालकी इन्दु बर्माले ४ ओभरमा २ मेडनसहित ५ रन खर्चेर ३ विकेट लिइन् भने खुसी डंगोलले १.४ ओभरमा १ मेडनसहित कुनै रन नदिइ २ विकेट लिइन् । त्यस्तै कविता कुँवर, पुजा महतो र रुविना क्षेत्रीले समान एक-एक विकेट लिए ।

अब नेपालले आफ्नो तेस्रो खेल भुटानसँग १७ गते र चौथो खेल कतारसँग १८ गते खेल्नेछ ।

प्रकाशित मिति : १५ भाद्र २०८०, शुक्रबार  ८ : २६ बजे