१४ मंसिर २०८१, शुक्रबार | Fri Nov 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


चलचित्र ‘एक भागवत गीता’ले धर्ममाथि चोट पु¥याउँछ ?



१६ भदौं । पछिल्लो समय चलचित्र ‘एक भागवत गीता’ विवादमा छ । राजधानीमा ट्रेलर सार्वजनिक कार्यक्रममा निर्माता सुनिलकुमार थापाले चलचित्र विवादमा आएको स्बीकार गरे ।
भुवन केसीलाई कार्यक्रममा निम्ता दिदा चलचित्रको चल्न नदिन जुलुस आएको निर्माता थापाले खुलासा गरे । चलचित्रको नाम भागवत गीता पहिले नै विकाश बोर्डमा दर्ता गरे पनि नामको अगाडि एक थप्न खोज्दा बोर्डने नमानेको उनको भनाई छ ।
थापाले भने,‘सोमबार बोलाउनु भएको छ । खै के हुन्छ ।’


कलाकार विपिन कार्की चलचित्रले धर्म र आस्थामा चोट पुग्छ कि भनेर पहिले नै छलफल भएको स्वीकार गर्छन् । ‘चलचित्रमा विवाद आए यसरी समाधान गर्न सक्छौं भनेर चलचित्र बनाएका हौं’ उनी भन्छन् ।
अभिनेत्री सुहाना थापा चलचित्रको उद्देश्य धर्मको आश्थामाथि ठेस पु¥याउनु नरहेको बताउछिन् । भागवत गीता र कर्मचोगबाट प्ररित भएर चलचित्र बनाइएको थापा बताउछिन् ।
भागवत गीताले सबैलाई एक बनाउने तर्कका साथ अभिनेत्री थापा चलचित्रले समुदायको कथालाई भन्ने बताउछिन् ।


कमलामाईको कथामा चलचित्र निर्माण गरिएको हो । निर्माता थापा देहरादुन पुगेर कमलामाई भेट गरेपछि आफूले अभिनेत्री सुहानालाई भेटाएको बताउछन् ।
अभिनेत्री सुहानाले अध्ययनपछि चलचित्र बनाउन रहर गरेपछि चलचित्र निर्माण गरेको उनी बताउछन् । मुलधारलाई छोडेर फरक कथामा चलचित्र निर्माण गरेको निर्देशक झरना थापा बताउछिन् ।

प्रकाशित मिति : १६ भाद्र २०८०, शनिबार  ४ : २३ बजे