५ माघ २०८१, शनिबार | Sat Jan 18 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


पेप्सीकोलामा चार वटा सवारीसाधन एकापसमा ठोक्किँदा १४ जना घाइते



१७ भदौ । काठमाडौं पेप्सीकोलामा चार वटा सवारीसाधन ठोक्किँदा १४ जना घाइते भएका छन्। आइतबार बिहान साढे ७ बजे काठमाडौं महानगरपालिका–३२ पेप्सीकोला छाप्रोस्थित सडकखण्डमा दुर्घटना हुँदा १४ जना घाइते भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

जडिबुटीबाट पेप्सीकोला जाँदै गरेको क्षेत्रीय उपत्यका बस व्यवसाय संघको बा ३ ख ४८४८ नम्बरको बसले विपरीतबाट आउँदै गरेको बा ६ च ५३४२ नम्बरको बोलेरो गाडीलाई ठक्कर दिएको थियो।

त्यसपछि बा.प्र.०२–०३७ प ५३११ नम्बरको स्कुटर र बा.प्र.०२–०४१ प ४८३८ नम्बरको मोटरसाइकल पनि ठोक्किएको थियो। दुर्घटनामा घाइतेहरूमध्ये ८ जना पुरूषको मदरल्यान्ड अस्पतालमा उपचार भइरहेको छ। सिभिल अस्पतालमा चार महिला र दुई जना पुरूषको उपचार भइरहेको छ।
बस चालक रामेछाप लिखुतामाकोशी गाउँपालिका–२ घर भई पेप्सिकोला बस्ने २४ वर्षीय जनक राउतलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

दुर्घटनाको खबर पाएपछि प्रहरी प्रभाग काँडाघारीका प्रहरी निरीक्षक श्यामकुमार कटवालसहित ११ जनाको टोली खटिएको थियो।

प्रकाशित मिति : १७ भाद्र २०८०, आइतबार  ४ : २४ बजे