१७ भदौ । काठमाडौँमा तार्केश्वर नगरपालिका–९ मा शनिबार लाखौँ रुपैयाँ बराबरको धनमाल चोरी भएको छ । नेपालटार हाइट डेरा गरी बस्ने नुवाकोट बेलकोटगढी नगरपालिका–१३ बस्ने ४५ वर्षीय बाटु वाग्लेको कोठाबाट सुनका विभिन्न गरगहना समेत गरी करिब ४ लाख रूपैयाँ बराबरको धनमाल शनिबार राति चोरी भएको हो । प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिको खोजी गर्नुको साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
१७ भाद्र २०८०, आइतबार
16
Shares
प्रतिक्रिया