५ माघ २०८१, शनिबार | Sat Jan 18 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


वीर अस्पतालको छैटौँ तलाबाट एक पुरुष हाम फाले



१८ भदौ । वीर अस्पतालको छैटौँ तलाबाट हाम फालेका एक पुरुषको मृत्यु भएको छ । सर्जिकल भवनबाट हिजो बिहान साढे दुई बजे हाम फालेका उनको मृत्यु भएको अस्पतालका सूचना अधिकारी सागर मिश्रले बताए ।
मृत्यु हुने पुरुषको उमेर अनुमानित ४० वर्ष रहेको सूचना अधिकारी मिश्रले जानकारी दिए । उनले भने, ‘आफ्नो बिरामी अस्पतालमा रहेकाले भेट्न आएको हो म आफन्त हुँ भन्दै अस्पतालभित्र प्रवेश गरेका थिए । माथि गएर हाम फालेछन् ।‘

हामफालेका ती पुरुषको अस्पतालमा बिरामी रहेको नपाइएको उनले बताए ।

प्रकाशित मिति : १८ भाद्र २०८०, सोमबार  ७ : १६ बजे