२८ माघ २०८२, मंगलबार | Tue Feb 10 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


बाढीका कारण मेलम्चीको हेडवर्क्स पुरियो



१९ भदौ । साउन अन्तिम साता मेलम्ची नदीमा आएको बाढीका कारण मेलम्ची खानेपानीको मुख्य बाँध हेडवर्क्स पुरिएको छ । यसअघि मंसिर मसान्तसम्म मेलम्चीको पानी अस्थायी रूपमा काठमाडौं उपत्यकामा ल्याउने मेलम्ची खानेपानी आयोजना विकास समितिले जनाएको थियो । तर, हेडक्वर्स पुरिएपछि समयमै पानी ल्याउन सकस पर्ने समितिका प्रवक्ता राजेन्द्र पन्तले बताए ।
बाढीले हेडवर्क्स पुरिनुका साथै १ नम्बर गेट मर्मत गर्नुपर्ने अवस्था छ । त्यस्तै, ९ नम्बर गेटमा पनि सफाइ गर्नुपर्ने अवस्था छ । मेलम्चीको पानी बर्खा सुरु भएसँगै गत असार पहिलो सातादेखि बन्द गरिएको थियो । यसअघि ०७८ असार १ र १५ साउनमा पनि मेलम्ची नदीमा आएको बाढीका कारण हेडवर्क्स र सुरुङमा क्षति पुगेको थियो । मेलम्ची बजारदेखि हेडवर्क्स क्षेत्र अम्बाथानसम्मको २२ किलोमिटरमध्ये आठ किलोमिटर सडक पूर्ण रूपमा क्षति भएको थियो भने यांग्री खोलातर्फ पाँच किलोमिटर सडकमा क्षति भएको थियो । आयोजनासम्म पुग्ने ६ वटा पक्की पुल पनि बगाएको थियो ।

प्रकाशित मिति : १९ भाद्र २०८०, मंगलबार  ८ : ४५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।