२१ भदौं । चलचित्र ‘दिमाग खराब’को फस्टलुक सार्वजनिक गरिएको छ ।
सफल चलचित्र‘लुट’बाट रजतपटमा चर्चा कमाएर निर्देशक निश्चल बस्नेतको निर्देशनमा निर्माण भएको यस चलचित्र आगामी कात्तिक २४ गतेदेखि प्रर्दशनमा आउने भएको छ ।
चलचित्रमा पछिल्लो पुस्ताले मन पराएको अभिनेता दायाहाङ राई,खगेन्द्र लामिछाने, स्वस्तिमा खड्का, अर्पण थापा, विजय बराल र सुमन कार्कीलगायतका छन् ।
सार्वजनिक पोष्टरमा अभिनेता खगेन्द्र लामिछाने टाउकोमा ब्यान्डेज लगाएको अवस्थामा छन् भने अपर्ण थापा दाही जुँगा पालेको बुढो मान्छे देखिन्छन् ।
पोष्टरमा कलाकारहरुको अनुहारको भावभंगीमा फरक फरक अनुभूति गर्न सकिन्छ ।
निर्देशक बस्नेतको दोश्रो चलचित्र ‘टलकजंग भर्सेस टुल्के’ले रगतपाटमा खासै कमाल गर्न सकेन । सुस्ताएको नेपाली चलचित्र बजारलाई चलायमान बनाउन चलचित्र ‘दिमाग खराब’ले भूमिका खेल्ने अपेक्षा दर्शकहरुले गरेका छन् ।
निर्देशक बस्नेतले सामाजिकध सञ्जालमार्फत आज दिउँसो ४ बजे टिजर सार्वजनिक गर्ने योजना सार्वजनिक गरेका छन् ।
नेपाली राजनीतिलाई विषयबस्तु बनाएको यस चलचित्र सिनेमा आर्ट्स र ब्ल्याक हर्स पिक्चर्सको संयुक्त व्यानरमा निर्माण गरिएको हो ।
प्रतिक्रिया