काठमाडौँ
२२ भदौं । राजधानीमा बुधाबार डा. कार्तिक नामक चलचित्रको शुभमुर्हुत गरिएको छ । कृष्ण जन्माष्टमीको अवसर पारेर बरिष्ठ कलाकारहरु बशुन्धरा भुषाल, शर्मिला मल्ल र चैत्यदेविलगायतले क्यामेरा पुजा गरेर शुभ मुर्हुत गरेका छन् ।
चलचित्र नेपाली र हिन्दी देवै भाषामा निर्माण गर्न लागिएको बताइएको छ ।
शुभ मुर्हुतसँगै सुर्टिङ सुरु गरिएको छ । चलचित्रको निर्देशम उत्तम संजेलले निर्देशन गर्दै छन् भने सिनेमेट्रोग्राफर राम केसीले गर्दैछन् ।
चलचित्रको अभिनेता प्रभात पाल ठकुरी र अभिनेत्री रुबिना थापा अनुबन्धित भएका छन् । चलचित्रका लागि अन्य कलाकारछनौट हुन बाँकी रहेको निर्देशन सञ्जेलले बताए । उनले भने, ‘हामी ३५ सदिन भित्रमा छायांकन पुरा गर्ने लक्ष्यका साथ काम गरिरहेका छौं । सबै सुटिङ काठमाडौंमै हुन्छ । गीतको सुटिङका लागि इलाम पोखरा र भारतको दार्जलिङ जाने योजना छ ।’
चलचित्रको निर्माण गायिका देभिका बन्धना र सागर कटुवालले गर्ने भएका हुन् ।
चलचित्रकोसंगीत किरण कँडेलको छ भने कबिराज गहतराजको कोरियोग्राफि रहनेछ ।
प्रतिक्रिया