२२ भदौ । नक्कली नोटसहित एक जनालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको छ । प्रहरीले एक लाख रुपैयाँ बराबरको नक्कली नोटसहित गोरखाको गोरखा नगरपालिका–३ धारापानी घर भइ काठमाडौं नागार्जुन नगरपालिका–८ भीमढुङ्गा बस्ने ३८ वर्षीय गौरव थापालाई पक्राउ गरेको हो ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले थापालाई स्वयम्भूमा नक्कली नोटको कारोबार गरिरहेको अवस्थामा पक्राउ गरेको बताए । थापाको साथबाट एक लाख (एक हजार दरका १०० थान) नक्कली नोट बरामद भएको उनले बताए ।
प्रतिक्रिया