२८ माघ २०८२, मंगलबार | Tue Feb 10 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


राष्ट्रियसभा बैठक अनिश्चितकालका लागि स्थगित



२२ भदौ । शुक्रबारका लागि बोलाइएको राष्ट्रियसभाको बैठक सूचना जारी गरेर स्थगित भएको छ । अर्को सूचना नभएसम्मका लागि बैठक स्थगित भएको हो । राष्ट्रियसभामा विजनेस नभएपछि बैठक अनिश्चितकालका लागि स्थगित गरिएको हो ।

राष्ट्रियसभामा अहिले जम्मा ३ वटा विधेयक छन् ।अध्यागमन विधेयक विधायन व्यवस्थापन समितिमा दफावार छलफल गरी प्रतिवेदन पेस भैसकेको छ । सो विधेयकमाथि गृहमन्त्रीले अध्ययन गर्न समय मागेका छन् ।

विद्युतीय कारोबारसम्बन्धी विधेयक र राष्ट्रिय मर्यादासम्बन्धी विधेयक समितिमा दफावार छलफलमा रहेका छन् । राष्ट्रियसभाबाट प्रतिनिधिसभामा गएका ८ वटा विधेयक फिर्ता आएका छैनन् ।

प्रकाशित मिति : २२ भाद्र २०८०, शुक्रबार  १० : ४८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।