२१ माघ २०८२, मंगलबार | Wed Feb 4 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


भक्तपुरमा दुईवटा मोटरसाइकल एक आपसमा ठोक्किएर २५ वर्षीय युवतीको घटनास्थलमै मृत्यु



२२ भदौ । भक्तपुरको आदर्शमा दुईवटा मोटरसाइकल एक आपसमा ठोक्किएर दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ। दुर्घटनामा परी मोटरसाइकलमा पछाडि सवार काभ्रे बनेपा नगरपालिका २ घिमिरे गाउँ बस्ने वर्ष २५ की नबिना काफ्ले घिमिरेको घटनास्थलमा नै मृत्यु भएको भक्तपुर प्रहरी परिसरले जनाएको छ।

प्रहरीका अनुसार अरनिको राजमार्ग अन्तर्गत भक्तपुर सुर्यविनायक नपा ८ आदर्श भक्तपुर फ्युल सेन्टर अगाडि जगातीबाट सूर्य विनायकतर्फ जाँदै गरेको बाग्मती प्रदेश –०२–०२३ प २८५९ नं को मोटरसाइकल र विपरीत दिशा तर्फ आउँदै गरेको प्रदेश नं ३ –०२–००२ प ६९३ नं को मोटरसाइकल एक आपसमा ठक्कर खाई दुर्घटना भएको हो । प्रदेश नं ३ –०२–००२ प ६९३ नं को मोटरसाइकल अनियन्त्रित भई सूर्य विनायकबाट जागातीतर्फ आउँदै गरेको बाग्मती प्रदेश ०३–००१ ख २४११ नं को टेलर गाडीमा समेत ठक्कर खाई सवारी दुर्घटना भएको भक्तपुर प्रहरी परिसरले जनाएको छ।परिसरका एसपी प्रजित केसीका अनुसार दुवै मोटरसाइकल चालकहरू घाइते भएका छन् ।

प्रकाशित मिति : २२ भाद्र २०८०, शुक्रबार  ५ : २७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।