२८ माघ २०८२, मंगलबार | Tue Feb 10 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


ललिता निवास प्रकरणमा १७ जनालाई धरौटीमा र एक जनालाई साधारण तारेखमा छाड्न आदेश



काठमाडौं, २४ भदौ । ललिता निवास जग्गा प्रकरणमा काठमाडौं जिल्ला अदालतले भाटभटेनी सुपरमार्केटका सञ्चालक मीन बहादुर गुरुङसहित १७ जनालाई धरौटीमा छाड्न आदेश दिएको छ ।

न्यायाधीश भोलानाथ ढकालको इजलासले थुनामा रहेका १८ जनामध्ये १७ जनालाई धरौटीमा तथा एक जनालाई सामान्य तारेखमा छाड्न आदेश दिएको हो ।

भाटभटेनीका सञ्चालक गुरुङसँग अदालतले २ करोड ४६ लाख रुपैयाँ धरौटी माग गरेको छ । शिवजी भट्टलाई ३ लाख ३० हजार, रुद्र कुमार श्रेष्ठलाई ७ लाख ५० हजार, बालकृष्ण श्रेष्ठलाई ७ लाख ५० हजार, कलाधर देउजालाई १५ लाख, घमन कुमार कार्कीलाई ७ लाख ५० हजार धरौटी माग गरिएको छ ।

यस्तै गोपाल कार्कीलाई ७ लाख ५० हजार, विनोद पौडेललाई १५ लाख, योगराज पौडेललाई ७ लाख ५० हजार, नारायणराज मिश्रलाई ७ लाख ५० हजार, अरुण कुमार श्रेष्ठलाई ७ लाख ५०, ध्रुव प्रसाद अर्याललाई ३ लाख ३० हजार, बाबुराजा महर्जनलाई १ लख १० हजार, देवनारायण महर्जनलाई १ लाख १०, सकलानन्द महर्जनलाई १ लाख १० हजार, सञ्जय कुमार महर्जनलाई १ लाख १० हजार र लोकरि घिमिरेलाई ७ लाख ५० हजार धरौटी माग गरिएको छ ।

केशव तुलाधरलाई भने साधारण तारेखमा रिहा गर्न अदालतले आदेश दिएको छ ।

प्रकाशित मिति : २४ भाद्र २०८०, आइतबार  १० : ५० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।