४ माघ २०८१, शुक्रबार | Sat Jan 18 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


सूर्यविनायक–रत्नपार्क ‘द्रूत बस सेवा’ संविधान दिवसदेखि शुरु हुँदै



२५ भदौ । सूर्यविनायक–रत्नपार्क ‘द्रूत बस सेवा’ ३ असोजदेखि सञ्चालनमा आउने भएको छ। संविधान दिवसका दिनदेखि ‘द्रूत बस सेवा’ सञ्चालन गर्न लागिएको सडक विभागका महानिर्देशक सुशीलबाबु ढकालले बताए।

सोमबार भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले सडक विभाग र यातायात ब्यवस्था विभागका महानिर्देशकसहितको टोलीसँग ‘द्रूत बस सेवा’बारे छलफल गरे ‘छलफलपछि ३ असोजमा ‘द्रूत बस सेवा’ सञ्चालन गर्ने निर्णय गरियो’ मन्त्री ज्वालाले भने।

विभागले दुई खण्ड बनाएर सडकको रेड मार्ग गर्ने भएको छ। रत्नपार्कदेखि जडिबुटी, र जडिबुटीदेखि सुर्यविनायकसम्म दुई मार्ग बनाएर एकैदिन सुरु हुने भएको छ।

प्रकाशित मिति : २५ भाद्र २०८०, सोमबार  १२ : २५ बजे