१३ मंसिर २०८१, बिहिबार | Fri Nov 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


मदनकृष्ण श्रेष्ठको आँखाको शल्यक्रिया



२५ भदौ । हास्य कलाकार तथा गायक मदनकृष्ण श्रेष्ठको देब्रे आँखाको मोतीबिन्दुको शल्यक्रिया गरिएको छ । सोमबार तिलगंगा अस्पताल केन्द्रमा सन्दुक रुइत, रीता गुरुङ, गोविन्द पौड्यालसहितको चिकित्सकीय टोलीले उक्त अप्रेसन गरेको हो ।
शल्यक्रियापछि मदनकृष्णको आँखामा प्रतिष्ठानमै उत्पादित इन्ट्राकुलर लेन्स (मोतीबिन्दु शल्यक्रियापछि राखिने लेन्स) राखिएको छ । उनको दाहिने आँखाको मोतीबिन्दुको शल्यक्रिया तीन महिनाअघि नै गरिएको थियो ।
शल्यक्रियापछि अभिनेता श्रेष्ठले उपचारमा सघाउने चिकित्सक टोलीलाई धन्यवाद दिएका छन् ।

प्रकाशित मिति : २५ भाद्र २०८०, सोमबार  १ : ३० बजे