२८ माघ २०८२, मंगलबार | Tue Feb 10 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


गृहका १० सहसचिवको सरुवा, अध्यागमन विभागको महानिर्देशकमा तामाङ



२५ भदौ । गृह मन्त्रालयले १० जना सहसचिवको सरुवा गरेको छ । गृहले आज साेमवार १० जना सहसचिवकाे सरुवा गरेकाे हाे ।

मन्त्रालयले अध्यागमन विभागको महानिर्देशकमा गृह मन्त्रालयका रुद्रसिंह तामाङलाई पठाएको छ । विभागमा यसअघि महानिर्देशक रहेका झलकराम अधिकारी सुन प्रकरणमा मुछिएपछि त्यहाँबाट उनलाई सरकारले हटाएको थियो ।

त्यस्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका प्रमुख अध्यागमन अधिकृत सहसचिव रामबन्धु सुवेदीलाई सरकारले दाङको प्रमुख जिल्ला अधिकारीका रूपमा खटाएको छ । यस्तै दैलेखका प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमाललाई पनि सरुवा गरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयको प्रमुख अध्यागमन अधिकृतमा सरुवा गरिएको छ ।

सरकारले भक्तपुरका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाललाई गृह मन्त्रालयमा सरुवा गरी बाग्लुङकी प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठलाई भक्तपुरको प्रमुख जिल्ला अधिकारी बनाएको छ ।

त्यसैगरी मन्त्रालयका सहसचिव शिवराम गेलाललाई महोत्तरीको प्रमुख जिल्ला अधिकारीमा सरुवा गरिएको छ । महोत्तरीका प्रमुख जिल्ला अधिकारी दीपककुमार पहाडीलाई भने गृह मन्त्रालयमा तानिएको छ ।

मन्त्रालयले रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेलाई मन्त्रालयअन्तर्गत ल्याएको छ भने गृह मन्त्रालयका सहसचिव गणेश अर्याललाई रुपन्देहीको प्रमुख जिल्ला अधिकारी बनाएको छ ।

प्रकाशित मिति : २५ भाद्र २०८०, सोमबार  ५ : ५६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।