१२ कार्तिक २०८१, सोमबार | Mon Oct 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


राजधानीको वालकुमारी,लोकन्थली र चावहिलमा चोरी



काठमाडौं
२६ भदौ । राजधानीको चावहील, लोकञ्थली र वालकुमारीमा चोरी भएको छ ।
प्रहरीका अनुसार यी स्थानहरुमा रातमा नभई दिनमा चोरी भएका हुन् ।
काठमाडौं महानगरपालिका ७ चाबहिल दिर्घायु अस्पतालनजिकै बस्ने कृष्ण गोपल कक्षपती र विमला कक्षपतीको घरमा कोही नभएको अवस्थामा सुनका गहना तथा नगद समेत गरी करिब ७ लाख ७५ हजार रूपैयाँ बराबरको धनमाले चोरी भएको छ ।
भक्तपुरको मध्यपुरठिमी नगरपालिका १ लोकन्थली डेरा गरी बस्ने सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका ६ घर भएका १८ वर्षीय विश्वास परियारको कोठाबाट ल्यापटप र मोबाइल गरी करिब १ लाख १० हजार रूपैयाँ बराबरको धनमाल चोरी भएको छ ।
ललितपुरको ललितपुर महानगरपालिका ८ बालकुमारी भोल्ढोका बस्ने नबिन अवालेको घरबाट विभिन्न सुनका गहना तथा नगद ५० हजार रूपैयाँ गरी करिब ४ लाख २६ हजार ७ सय ९० रूपैयाँ बराबरको धनमाल चोरी भएको छ ।
प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिको खोजी गर्नुको साथै घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : २६ भाद्र २०८०, मंगलबार  २ : २८ बजे