२६ भदौं । सरकारले संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङ्गलाई राजकीय सम्मानका साथ अन्तिम विदाई गर्ने भएको छ । उनको अन्त्येष्टिको दिन सार्वजनिक विदा समेत दिने मन्त्री परिषदले निर्णय गरेको छ ।
आज विहान सिंहदरवारमा बसेको मन्त्रीपरिषदको बैठकले सो निर्णय गरेको सरकारका संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती सुदन किरातीले जानकारी दिए ।
उनको अन्तिम संस्कार कहिले गर्ने भन्ने विषय भने टुंगो लागेको छैन । उनको परिवारको सदस्य देश बाहिर रहेको कारण बुधबार वा विहीबारसम्म अन्त्येष्टि हुने र सोही दिन सार्वजनिक विदा दिइने उड्डयनमन्त्री किरातीले बताए ।
२६ भाद्र २०८०, मंगलबार
252
Shares








प्रतिक्रिया