२६ भदौ । डोल्पामा एक व्यक्तिको शव फेला परेको छ । डोल्पाबाट ३० किमी दक्षिण पश्चिम जाजरकोटतर्फ खाडाचक्र गाउँपालिकाको भेरी नदीमा शव फेला परेको हो । शवमा औंठी र घडी भटिएको प्रहरीले जानकारी दिएको छ । शव नग्न अवस्थामा भेटिएको हो ।
शव हराइरहेका सेनाका मेजर विमल पण्डितको हुनसक्ने आशंका गरिएको छ । शवको सनाखतका लागि उनको परिवारलाई घटनास्थलमा लगिँदैछ ।
डोल्पाको दुनैस्थित नन्द बक्स ब्यारेकमा कार्यरत मेजर पण्डित दुई सातादेखि बेपत्ता छन् । गत भदौ १० गते सदरमुकाम दुनैबाट इभिनिङ वाक जान्छु भन्दै सुरक्षासमेत नलिइ ब्यारेकबाट निस्किएका उनी सम्पर्कविहीन भएका हुन् ।








प्रतिक्रिया